+

राष्ट्रिय टिमबाट अनन्त तामाङको ५०औं खेल

२०८० असार  ६ गते १५:५० २०८० असार ६ गते १५:५०
राष्ट्रिय टिमबाट अनन्त तामाङको ५०औं खेल

६ असार, बैंगलुरु । नेपाली राष्ट्रिय फुटबल टिमका सेन्टर ब्याक अनन्त तामाङले राष्ट्रिय टिमका लागि ५० ५०औं खेल खेलेका छन् ।

बैंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप २०२३ अन्तर्गत कुवेत विरुद्धको खेलमा पहिलो रोजाइमा पर्दै मैदान उत्रिएका अनन्तको यो ५०औं खेल हो ।

अनन्तले २०१५ मा भत विरुद्ध पुनेमा मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । उनले नेपालका लागि ४९ खेल खेल्दा ३ गोल गरेका छन् ।

अनन्तले देशके लागि खेल्नु ठूलो कुरा भएको र फिटनेस रामो भए अझै लामो समय खेल्ने बताए ।

‘देशका लागि खेल्नु ठूलो हो, त्यसमा पनि ५० खेल खेल्नु झनै ठूलो हो, फिटनेट साम्रो भए अझै लामो समय देशका लागि खेल्न मन छ’, ५०औं खेलमा मैदान उत्रिनुअघि उनले भने, ‘सुरुमा खेल्दा यति सोचेको थिएनँ ।’

अनन्त तामाङ हाल राष्ट्रिय टिममा रहेका मध्ये ५० खेल खेल्ने चौथो खेलाडी बनेका छन् ।

कुवेतविरुद्ध नै मैदान उत्रिएका किरण चेम्जोङले सर्वाधिक ८७ खेल खेलेका छन् । राष्ट्रिय टिमका लागि यो रोहित चन्दको ८०औं र अन्जन विष्टको ५४ औं खेल हो ।

अनन्तले नेपाली टिमबाट सोलिडारिटी कप जितेका छन् । यस्तै दुई पटक साग फुटबफमा स्वर्ण जितेका छन् ।

अनन्तकै कप्तानीमा चर्च ब्वाईज युनाईटेडले पहिलो पटक ए डिभिजन लिग उपाधि जितेको थियो ।

अनन्त तामाङ साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय