+
+

२५ हजार बढी मूल्यको सामसङ स्मार्टफोन किस्ताबन्दीमा खरिद गर्ने सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १८:१४

काठमाडौं । सामसङले २५ हजारभन्दा महँगा स्मार्टफोन किस्ता बन्दीमा बिक्री गर्ने भएको छ । यस्तो फोन खरिद गर्ने ग्राहकले शून्यप्रतिशत ब्याजदरमा वित्तीय सुविधा पाइने पनि कम्पनाीले जनाएको छ ।

इन्स्टा फाइनान्स कार्यक्रम सुरुवात गर्दै कम्पनीले यस्तो घोषणा गरेको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए । सासमङ इन्स्टा फाइनान्सले ग्राहकहरुलाई सहजतापूर्वक सामसङको अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सहयोग गर्ने पनि उनको दाबी छ ।

सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरुमा इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउने पनि उनले बताए । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ ।

यो प्रक्रिया सरल, झन्झटरहित र तुरुन्तै हुने प्रक्रिया रहेको पनि कम्पनीले जनाएको छ । यसका लागि क्रेडिट कार्ड नचाहिने, ग्राहकहरुले केही सामान्य प्रक्रियाहरु पुरा गरेपछि तत्काल कर्जा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले आवश्यक कागजातहरु (आवेदकको नागरिकता प्रमाणपत्र र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ । यसरी उपलब्ध गराइएका कागजाताहरु प्रमाणीकरण भएपछि ग्राहकहरुले कानुनी कागजातहमा हस्ताक्षर गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?