
६ असार, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले शुद्ध पिउने पानीका लागि शहरका विभिन्न स्थानमा ‘वाटर एटीएम’ राख्ने घोषणा गरेको छ ।
शुद्ध पिउने पानीमा आम मानिसको सहज पहुँच पुर्याउनका लागि महानगरले यस्तो घोषणा गरेको हो ।
बुधबार महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै शहरका विभिन्न स्थानमा वाटर एटीएम राखिने बताएका हुन् ।
वीरगञ्ज महानगरले भित्री सडकहरुमा ढलान र कालोपत्रे नगरी पेभर्स(सिमेन्टका टायल) लगाउने घोषणा पनि गरेको छ । ढलान र कालोपत्रे भन्दा पेभर्स वातावरण मैत्री मानिने गरेको छ ।
भूमिगत जल पुनर्भरणका लागि प्रविधिहरु अपाउने घोषणा समेत महानगरले गरेको छ । महानगरले बजेट मार्फत् सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई ५ सयदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने घोषणा समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4