६ असार, काठमाडौं । एसियाली खेलकुदको छनोट प्रतियोगिता खेल्न ५ सदस्यीय नेपाली टोली मकाउ प्रस्थान गरेको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरे ।
एसियाली खेलकुदका लागि नेपालबाट छनोट भएको डीआरएस गेमिङका खेलाडीहरु छनोट प्रतियोगिता खेल्न मकाउ गएका हुन् ।
सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा रहेको टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र संगीन भट्टराई (साङ) छन् ।
एसियाली खेलकुदको छनोटका रुपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने छ ।
पब्जी मोबाइल जुन २३ देखि २६ सम्म हुनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नेपालमा पनि इ–स्पोर्ट्सको लोकप्रियता बढेको भन्दै परिषदमा दर्ता भएका अन्य खेल सरह यो खेललाई पनि अभिभावकत्व प्रदान गर्ने बताए ।
प्रतिक्रिया 4