+
+

त्रिवि केन्द्रीय क्याम्पस स्ववियुले भन्यो : प्राध्यापकमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलेऊ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते २१:२०

६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिन सरकारलाई आग्रह गरेको छ ।

सचिव सिद्धान्त भट्टले बुधबार विज्ञप्ति जारी गरी मुद्दा फिर्ताको घटनाले गम्भीर किसिमको अपराधमा समेत सरकार संरक्षक बन्न खोजेको पुष्टि गरेको भन्दै यसले प्राज्ञिक मर्यादामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।

विज्ञप्तिमा मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय फिर्ता लिई अदालतबाट हुने फैसला प्रभावित नगर्न त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरिएको छ । ‘मन्त्रिपरिषदले गरेको उक्त निर्णय फिर्ता लिई सम्मानित अदालतबाट हुने फैसलालाई प्रभावित नगर्न कुलपतिसमक्ष अनुरोधसहित पीडितलाई न्यायका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विश्वविद्यालय क्याम्पस जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

२०७७ सालमा समाजशास्त्र विभागका उपप्राध्यायक प्रेम चलाउनेमाथि त्रिवि केन्द्रीय क्याम्पस परिसरमा नै आक्रमण भएको थियो । सो आक्रमणमा संलग्नको आरोपमा नेपाल विद्यार्थी संघका तत्कालिन त्रिवि कमिटीका अध्यक्ष हरि आचार्य, महासचिव योगेन्द्र रावलविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यानसम्बन्धी मुद्दा चलिरहेको छ । तर हालै सरकारले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

उपप्राध्यापक चलाउनेलाई न्यायको माग गर्दै विज्ञप्ति जारी गर्ने विषयमा स्ववियुको बैठकमा सभापति श्यामराज ओझाले असहमति जनाएपछि आफूहरूले बहुमतको आधारमा चलाउनेको पक्षमा विज्ञप्ति जारी गरेको सचिव भट्टले बताए ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?