+
+

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १०:१४

७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट लगायतका विषयमाथि छलफल हुने छ ।

बजेट असन्तुलित भएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको गृहजिल्लामा मात्र बजेट विकास बजेट केन्द्रित गरेर अन्यत्र उपेक्षा गरिएको एकीकृत समाजवादीका नेताहरुको आरोप छ । उनीहरुले यथास्थितिमा बजेट पास गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?