+
+

चीनको निन्गशिया शहरमा ग्याँस विस्फोट हुँदा ३१ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १०:४०

७ असार, काठमाडौं । चीनको उत्तर-पश्चिमी निन्गशिया शहरमा बुधबार राति भएको ग्याँस विस्फोटमा परेर कम्तिमा पनि ३१ जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार निन्गशिया शहरको एउटा रेष्टुरेन्टमा यो विस्फोट भएको हो ।

खाना पकाउन प्रयोग हुने ग्यास चुहिएपछि आगो लागेर विस्फोट भएको हो ।

चिनियाँ राष्ट्रपछि सि जिनपिङले दुर्घटनामा घाइते भएकाहरुको उपचारमा हरसम्भव प्रयास गर्ने बताएका छन् ।

उनले महत्वूर्ण उद्योग तथा व्यापारिक क्षेत्रमा यस्ता खालका दुर्घटना हुन नदिन आवश्यक सतर्कता अपनाउनु पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?