
७ असार, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ९ हजार ९५० रुपैयाँ रहेको थियो । बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० रुपैयाँ थियो ।
बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँ रहेको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ३८५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4