
७ असार, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय सदस्यहरुलाई बिहीबार पठाइएको सर्कुलरअनुसार २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बस्ने छ । बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीहरु समेत सहभागी हुनेछन् ।
बैठकअघि १५ असारभित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन भनिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा लेबी बुझाउन बाँकी भएकाले २० प्रतिशत लेबी र २०७८ पुसमा भएको आठौं महाधिवेशनको हिसाब फछ्र्यौट गर्न बाँकी प्रदेशहरुलाई केन्द्रीय समिति बैठक अगाडि हिसाब मिलान गर्न निर्देशन दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4