
काठमाडौं । अभिनेत्री आँचल शर्मा फेसनलाई पछ्याउने मामिलामा अगाडि छिन् । बजारमा चलेको फास्ट फेसन होस् या डिजाइनरको पहिरनमा उनी अरुभन्दा एक कदम अगाडि छिन् ।
प्रत्येक साता आँचलले नयाँ पहिरन इन्स्टाग्रामबाट सार्वजनिक गर्छिन्, जसलाई लिएर सामाजिक सञ्जालमा चर्चाको विषय बन्छ । बुधबार उनले सार्वजनिक गरेको स्ट्रापलेस पहिरन यतिबेला चर्चित बनेको छ । कतिपयले उनको यो पहिरनलाई ट्रोल बनाए पनि अधिकांशले यो डिजाइनलाई रुचाएका छन् । यो पहिरनमा आँचल सुन्दर देखिएको कमेन्ट धेरै छन् ।
आँचलको अभिनय करिअरले वैशाखमा सात वर्ष पूरा गरेको छ । यसबीचमा उनले नौ फिल्ममा अभिनय गरिन् । ठीक एक वर्षअघि उनको पहिलो फिल्म ‘नाइँ नभन्नु ल ४’ रिलिज भएको थियो । उनको पछिल्लो फिल्म ‘नाइँ नभन्नु ल ६’ हालै प्रदर्शन भयो तर यसले कमाउन सकेन ।
अभिनेत्री बनेर नाम कमाउने उनको सपना थिएन, तर परिस्थितिले उनलाई यो ठाउँमा ल्याइपुर्यायो । क्युट र ब्युटीफुल आँचलको स्वभाव मनमा लागेको कुरा भनिहाल्ने छ । यो स्वभावले उनलाई विवाद र चर्चामा ल्याउँछ । तर उनलाई नजिकबाट चिन्नेहरु उनको यो स्वभाव राम्रो रहेको बताउँछन् ।
वास्तविक नाम आँचल दवाडी भए पनि उनी आँचल शर्मा नामले चिनिन्छिन् । गायन, सपिङ, कुकिङ र अध्ययन उनका रुचि हुन् । ब्राण्डेड प्रसाधनकी पारखी हुन् आँचल । सन् २०१५ मा उनले मिस प्लस टु नेपालको उपाधि जितिन् भने सन् २०१३ को मिस एसएलसी ब्युटी कन्टेस्टमा फोर्थ रनरअप घोषित भइन् ।
तस्वीर : आँचलको फेसबुकबाट
प्रतिक्रिया 4