+

सन्दीपले लिए प्रतियोगिताकै पहिलो विकेट

२०८० असार  ७ गते १४:०२ २०८० असार ७ गते १४:०२
सन्दीपले लिए प्रतियोगिताकै पहिलो विकेट

७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध बलिङ गरेको नेपालले तेस्रो विकेट झारेको छ ।

हरारे स्पोर्टस क्लबमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले वेष्ट इण्डिजका ओपनर ब्रेन्डन किंगलाई बोल्ड आउट गरेका छन् । यो सन्दीपका लागि प्रतियोगिताकै पहिलो विकेट हो ।

यसअघि पहिलो खेलमा जिम्बाव्वे र दोस्रो खेलमा अमेरिकाविरुद्ध पूरा स्पेल बलिङ गरे पनि उनी विकेटविहीन थिए । जिम्बाव्वेविरुद्ध ७७ रन र अमेरिकाविरुद्ध ५८ रन खर्चेर विकेटविहीन भएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सन्दीपले लगातार ३३ खेलसम्म विकेट लिने कीर्तिमान बनाएपछि लगातार दुई खेलमा विकेट लिन नसकेका हुन् ।

टस जितेर पहिला फिल्डिङ गरेको नेपालले दुईपल्टको विश्व विजेता वेष्ट इण्डिजलाई सुरुदेखि नै दवावमा राखेको छ ।

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच अआउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।

करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए । पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे ।

गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चार्ल्सले खाता खोल्नै सकेनन् । प्रतियोगितामा यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

नेपाल टिम

आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

विश्वकप क्रिकेट छनोट सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय