+
+

अनलाइनखबरकर्मी घिमिरे युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १६:५३

७ असार, काठमाडौं । युवा पत्रकारिता पुरस्कार २०८० बाट अनलाइनखबरकर्मी विनोद घिमिरे सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी घिमिरेलाई सम्मान गरेको हो ।

मन्त्रालयले हरेक वर्ष देशभरबाट चार जना पत्रकार छनोट गरेर सम्मान गर्दछ । जसअनुसार अनलाइनखबर डटकमका डेस्क सम्पादक विनोद घिमिरेसँगै मेनुका ढुंगाना (अछाम), प्रकाश सिंह (बाजुरा) र केशरबहादुर रोका (प्युठान) पनि सम्मानित भएका छन् ।

युवा पत्रकारिता पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।

यसैगरी एक लाख नगद राशिको युवा प्रतिभा सम्मानबाट झापाका युवा किसान चन्द्रप्रसाद बस्नेतसहित १० जना सम्मानित भएका छन् ।

सम्मानित भएकाहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सम्मानपत्र वितरण गर्दै बधाई दिए । मन्त्री लिम्बुले युवाहरुलाई कर्ममा निरन्तर लागिरहन सुझाव दिंदै आफ्नो प्रतिभालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न समेत सुझाव दिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?