
७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालको दोस्रो विकेट पनि गएको छ ।
नेपालका भीम सार्की २ रन बनाउँदै दोस्रो विकेटका रुपमा आउट भएका छन् ।
४.२ ओभरमा सार्की आउट हुँदा नेपालको स्कोर २३ रन छ ।
उनलाई जोसेप होल्डरले विकेट किपर साई होपको हातबाट क्याट आउट गरेका हुन् । अमेरिकासँगको खेलमा भीम सार्की ७७ रनमा नटआउट रहेका थिए ।
यसअघि होल्डरले नै ओपनर कुशल भुर्तेललाई ५ रनमा बोल्ड गरेका थिए ।
भीम आउट भएपछि कप्तान रोहितकुमार पौडेल ब्याटिङमा आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4