
७ असार, काठमाडौं । नागरिक लगानी कोषको चुक्ता पूँजी बढाउन सरकारले अनुमति दिएको छ । ५ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कोषको चुक्ता पूँजी बढाएर ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार कायम गर्न स्वीकृति दिएको हो । २ करोडबाट सुरु भएको कोषको चुक्ता पूँजी अहिले भने ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । कोषको आकार २ खर्ब १० अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ ।
कोषमा ७ लाख भन्दा बढी बचतकर्ता रहेका छन् । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार कोषले संस्थागत मजबुतीका लागि यस्तो निर्णय लिएको हो । संस्थाले क्षमता बढाउँदै जानु पर्छ भन्ने मान्यता अनुसार यस्तो निर्णय भएको उनले बताए ।
उनका अनुसार चुक्ता पूँजी बढाउन बोनस सेयर, हकप्रद तथा अन्य उपायहरु लगाइने र यसका लागि सञ्चालक समितिले निर्णय गर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4