+

९२ रन बनाउँदा नेपालको पाँचौं विकेट गयो

२०८० असार  ७ गते १८:४६ २०८० असार ७ गते १८:४६
९२ रन बनाउँदा नेपालको पाँचौं विकेट गयो

७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपालको पाँचौ विकेट गएको छ ।

टिमको स्कोर ९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट भएका हुन् । उनलाई अकेल होसिनले केयु कार्टीको हातबाट क्याच आउट गराए ।

यसअघि कप्तान रोहितकुमार पौडेल ३०, आसिफ शेख २८, भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भएका थिए ।

आफ्ना ५ जना ब्याटर आउट भएपछि नेपाल दबाबमा परेको छ ।

विश्वकप क्रिकेट छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय