+
+

नेपालले छुर्पी बेचेर कमायो ११ महिनामै ३ अर्ब, अमेरिका मुख्य बजार

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १९:०१

७ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामै करिब ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्‍कअनुसार साउनदेखि जेठसम्म नेपालबाट २ अर्ब ९६ करोड ६६ लाख ५० हजार रुपैयाँ बरारको १५ लाख ६३ हजार ३९० किलो छुर्पी निर्यात भएको छ ।

जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३८ करोड ६१ लाख रुपैयाँ बराबरले बढी हो । गत आवको यसै अवधिमा नेपालबाट २ अर्ब ५८ करोडको १५ लाख ५२ हजार २२२ किलो छुर्पी निर्यात भएको थियो ।

भन्सार विभागकाअनुसार नेपालले धेरै छुर्पी अमेरिकालाई बिक्री गर्ने गरेको छ । जेठसम्म नेपालले १३ लाख २१ हजार किलो छुर्पी अमेरिका निर्यात गरेर २ अर्ब ५५ करोड रुपैयाँ कमाइ गरेको छ ।

यस्तै क्यानडामा एक लाख ३६ हजार किलो छुर्पी निर्यात हुँदा २७ करोड रुपैयाँ नेपालले आर्जन गरेको छ ।

हङकङमा एक करोड १२ लाखको छुर्पी निर्यात हुँदा जापान र बेलायतमा समान ३/३ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?