
७ असार दाङ । नेपाल पत्रकार महासंघले मिडिया साक्षरताको अभियान सुरु गरेको छ । नागरिकलाई आमसञ्चार माध्यमका बारेमा बुझाउने उद्देश्यले महासंघले दाङबाट मिडिया साक्षरताको अभियान सुरु गरेको हो ।
महासंघ अध्यक्ष बिपुल पोख्रेलले तुलसीपुरस्थित मेट्रो कलेजबाट अभियानको उट्घाटन गर्दै सुरु भएको घोषणा गरे। उनले मिडियासम्बन्धी साक्षरताको अभियान जिल्ला, प्रदेश हुँदै देशभर चलाइने बताए । ‘नागरिकलाई मिडिया बुझाउन जरुरी छ’, उनले भने, ‘जबसम्म नागरिकले मिडिया बुझ्दैनन्, तबसम्म प्रेस स्वतन्तत्रताको सम्मान हुँदैन ।’
उक्त अभियान अन्तर्गत विभिन्न स्कुल, कलेजका विद्यार्थी, प्रहरी, कर्मचारी र जनप्रतिनिधिहरुलाई मिडियाबारे सम्बन्धी साक्षरता दिइने उनले बताए ।
‘मिडियासम्बन्धी भएका भ्रमहरु चिर्न, मूलधारको मिडिया र सामाजिक सञ्जालबीचको अन्तर छुट्याउन, सही र भ्रमपूर्ण समाचार छुट्याउन सहयोग पुर्याउने सोचले यो अभियान थालनी गरेका छौं’ उनले भने ।
पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले नागरिकलाई सञ्चार माध्यमबारे चेतना फैलाउने उद्देश्यले अभियान जिल्लाबाट थालनी गरेको बताए ।
प्रतिक्रिया 4