+
+

यी हुन् ५ लाख प्रोत्साहन अनुदान पाउने सामुदायिक विद्यालय

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते २०:१०

७ असार, काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले व्यवस्थापकीय र शैक्षिक सुधारमा उत्कृष्ट काम गरेका विद्यालयलाई प्रोत्साहन अनुदान दिएको छ।

बिहीबार केन्द्रले प्रोत्साहन अनुदान पाउने विद्यालयको सूची सार्वजनिक गरेको छ। सूचीमा परेका सामुदायिक विद्यालयले ५ लाख रुपैयाँका दरले प्रोत्साहन अनुदान पाउनेछन्।

केन्द्रले प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्रबाट विद्यालय पर्ने गरी १६५, शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्यसम्पादन परीक्षणबाट भएको मूल्याङ्कनबाट उच्चतम अङ्क प्राप्त गर्ने विद्यालय, महानगरपालिका र उपमहानगरपालिका भित्रबाट थप २ विद्यालय छनोट गरेको जनाएको छ।

केन्द्रले चालु आर्थिक वर्ष २०७९–८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन अनुदान’का लागि आवश्यक बजेट वित्तीय हस्तान्तरण गरिसकेको जनाएको छ।

केन्द्रले सम्बन्धित स्थानीय तहलाई कार्यक्रम सञ्चालन व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

हेर्नुहोस् प्रोत्साहन अनुदान पाउने सामुदायिक विद्यालयहरूको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?