+
+

पोखरामा ड्रागन ‘बोट’ रेस प्रारम्भ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १२:२६
ड्रागन बोट रेस फेस्टिभल । फोटो : सुदर्शन रञ्जित

८ असार, पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु भएको छ ।

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे । मन्त्री किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै यो महोत्सवले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको बताए ।

दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनका चार र नेपालका चार गरी आठ टोलीले सहभागीता जनाउँदै छन् । यसअन्तर्गत २०० र ५०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ । विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी १६० जनाको सहभागिता छ । प्रतियोगितामा प्रयोग गरिने बोटलगायतका सामग्री चीनबाट ल्याइएको थियो ।

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि आयोजना गरिएको यो फेस्टिभलले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?