+
+

‘इसेवा मनि ट्रान्स्फर’ले गर्‍यो अभियानका विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १३:२६

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गतका विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । विशेष कार्यक्रमको आयोजना गरेर विजेता श्रेष्ठलाई घर हस्तान्तरण गरिएको इसेवा मनि ट्रान्स्फरले जनाएको छ ।

इसेवा मनि ट्रान्स्फरले १२ जेठमा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेजबाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत यस अभियानका विजेता घोषणा गरेको थियो । जसमा ८ वर्षदेखि यूएईमा कार्यरत श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए ।

इसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले विजेता श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा उनले नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तरगतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको बताए ।

इसेवा मनि ट्रान्स्फरले वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । कम्पनीले यो अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो । ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए ।

कार्यक्रममा इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बम्पर पुरस्कारको रूपमा सपनाको घर जित्न सफल भएका श्रेष्ठ र उनको परिवारलाई बधाई दिए ।

कार्यक्रममा एफवानसफ्टका अध्यक्ष विश्वास ढकालले प्रवासी नेपालीहरुसँग भावनात्मक रूपमा जोडिनुको ठूलो महत्त्व रहेको भन्दै उनीहरूको पीडालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

आप्रवासी नेपालीका लागि कम्पनीको सहयोग र उनीहरूको आवाज बन्ने प्रतिज्ञामा एफवानसफ्ट सधैँ अडिग रहने उनले बताए ।

बम्पर पुरस्कार विजेता श्रेष्ठले नयाँ घर जित्न पाउँदा आफू आश्चर्य चकित भएको र आफूलाई चमत्कार जस्तो महसुस भएको प्रतिक्रिया दिए ।

वैदेशिक रोजगारीका क्रममा ८ वर्ष यूएईमा विताइसकेका उनले आफ्नो सपनालाई साकार पार्न इसेवा मनि ट्रान्स्फरको यो अफरबाट पनि सहयोग पुगेको भन्दै कम्पनीलाई धन्यवाद समेत दिए ।

घर हस्तान्तरण कार्यक्रममा इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेस्डरहरू र कम्पनी व्यवस्थापन समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?