
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई दही खुवाएर अनशन तोडाउँदै चितवनकी होम कुमारी बराल। तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन तोडेका छन् ।
चितवनकी होम कुमारी बरालले चलाउनेलाई दही खुवाएर अनशन तोडाएकी हुन् । उनी आजै चितवनबाट काठमाडौं आएकी हुन् । चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होम कुमारी बरालले नै बचाएकी थिइन् ।
उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए ।
सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो । त्यसैले आफूले अनशन स्थगित गरेको बताए ।
चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा उनी अनशन बसेका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4