+

सन्दीपले दिलाए नेपाललाई पहिलो विकेट

२०८० असार  ९ गते १७:२६ २०८० असार ९ गते १७:२६
सन्दीपले दिलाए नेपाललाई पहिलो विकेट

९ असार, काठमाडौं । विश्वकप छनोटमा नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकै राम्रो सुरुवात गरेको छ ।

पावर प्लेमा विना विकेटको क्षतिमा ८६ रन बनाएको नेदरल्याण्ड्सका म्याक्सवेल ओ’डाउडले अर्धशतक पूरा गरेका छन् । १२औं ओभरको चौथो बलमा ललित राजवंशीलाई छक्का हान्दै उनले ३० बलमा ५० रन बनाएका हुन् । त्यस ओभरको समाप्तीमा डच टोलीले ८० रन पूरा गरिसकेको थियो ।

अर्को ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका छन् । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पारेका हुन् ।

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय