+
+

सबैला नगरपालिकाले ल्यायो झण्डै ५९ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते ८:५१

१० असार, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित ५९ करोडको बजेट ल्याएको छ ।

शनिबार भएको नवौं नगरसभामा नगरप्रमुख कारीराम यादवले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित ५८ करोड ८८ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, स्वरोजगार लगायतलाई समेटेर नीति तथा कार्यक्रम मेयर यादवले प्रस्तुत गरेका हुन् ।

बजेट भने नीति तथा कार्यक्रम अनुसार नगरसभामा छलफल गरी चालु तथा पुँजीगत गरी विनियोजन गरी पास गरिने मेयर यादवको भनाइ छ ।

बजेटको स्रोत संघीय सरकारको सशर्त अनुदान २३ करोड ३ लाख, राजश्व बाँडफाटअन्तर्गत ११ करोड ५५ लाख ८ हजार र  समान्यीकरण अनुदान १३ करोड ७८ लाख गरी ४८ करोड ३६ लाख ८ हजार रहेको छ भने प्रदेश सरकारको एक करोड ५२ लाख र पालिकाको आन्तरिक स्रोतबाट ९ करोड रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णा पौडेलले जानकारी दिए ।

मेयर यादवको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री भरत साहको प्रमुख आतिथ्यमा नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।

कार्यक्रममा उपप्रमुख रहिमा खातुनसहित जनप्रतिनिधि, कर्मचारी, विभिन्न दलका प्रतिनिधि स्थानीय लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?