+
+

राष्ट्रिय अनुसन्धान विभागलाई गृहमा फर्काउन प्रधानमन्त्रीसँग छलफल भइरहेको छ : श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १३:०७

१० असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतमा ल्याउन प्रधानमन्त्रीसँग छलफल सुरु भएको बताएका छन् ।

पहिले गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा प्रधानमन्त्री कार्यालय मातहतमा लगिएको थियो ।

गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा सांसदहरुले गृह मातहतमै राख्नुपर्ने बताएका थिए ।

आइतबार सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘यहाँ सुझाव प्राप्त भएअनुसार के गर्न सकिन्छ, छलफल गर्नुपर्छ भन्नेमा प्रधानमन्त्रीसँग छलफल सुरुवात भएको छ । एउटा निष्कर्षमा पुग्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?