+
+

त्रिभुवन विमानस्थलका शौचालयमा एटीएमबाट स्यानिटरी प्याड

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १३:५३
फाइल तस्वीर

१० असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र महिलाले प्रयोग गर्ने शौचालयमा अटोमेटिक टेल मेसिन (एटीएम)बाट स्यानीटर प्याड लिन सक्ने व्यवस्था सुरु गरिएको छ ।

विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीले सार्वजनिक गरेको पछिल्लो तीन महिनाको कार्यविवरणमा यस्तो उल्लेख छ ।

उनका अनुसार महिला शौचालयमा स्यानिटरी प्याडका लागि एटीएम मेसिनसहित स्यानिटरी प्याडको व्यवस्था गरिएको हो ।

शौचालयमा नेपाली धुन बज्ने व्यवस्था समेत गरिएको उनले जनाएका छन् । विमानस्थल भित्र वृद्ध, गर्भवती, अशक्त र बच्चाका लागि चेकइनमा प्राथमिकता दिने व्यवस्था गर्दै बस्नका लागि समेत छुट्टै कुर्सीको व्यवस्था मिलाइएको उनले बताएका छन् । र्‍याम्प बसमा समेत उनीहरुका लागि छुट्टै सिटको व्यवस्था गरिएको उनले बताएका छन् ।

सहजीकरणका लागि स्वयम् सेवक

विमानस्थलमा अहिले टर्मिनल बाहिर, अध्यागमन र प्रस्थान क्षेत्रमा हेल्प डेक्सको व्यवस्था गरिएको तिवारीले जानकारी दिएका छन् ।

उनका अनसार सूचना सेवामा सहयोग गर्न ‘मे आइ हेल्प यू’ ज्याकेट लगाएका जनशक्तिबाट समेत यात्रुले सहयोग लिन सक्ने भएका छन् ।

नेपाल एयरलाइन्सबाट ब्यागेज ह्यायण्डिलिङ गर्दा आउने गुनासो सम्बोधन गर्न अनुभग बढाइएको, गोप्रो क्यामराको प्रयोग गरिएको तथा पकेट नभएको ड्रेसले धेरै सुधार देखिएको समेत विमानस्थल प्रशासनको भनाई छ ।

कुकुर र बाँदर छिर्न कम भयो

महानिर्देशक तिवारीले विमानस्थलमा बाँदर र कुकुर छिर्ने क्रममा कम भएको दाबी गरेका छन् । उनका अनुसार उडान सुरक्षालाई प्रभावकारी बनाउन गरिएका उपायले यस्तो नतिजा आएको उनको भनाई छ ।

विमानस्थलमा चरा तथा वन्यजन्तुबाट हुने खतरा पहिचान गरी सुधार गर्दै लगिएको उनले बताए ।

विमानस्थलमा हुने अवान्छित गतिविधिलाई नियन्त्रण गर्न थप सीसीटीभी क्यामरा जडान गरिएको छ । विमानस्थलको सुरक्षा अडिट गरिएको र यस्तो अडिटमा विगतमा औंल्याइएका कमजोरीमा सुधार आएको देखिएको समेत उनले बताएका छन् ।

विद्युतीय सटल बस

आन्तरिकबाट आगमन भएका यात्रुलाई विमानस्थल गेट अगाडीको रिङरोडसम्म र अन्तर्राष्ट्रिय आगमनबाट आएर आन्तरिक टर्मिनल जाने यात्रुलाई लक्षित गरी निःशुल्क सटल बसको व्यवस्था गरिएको छ ।

सुरुमा माइक्रोबस चलेको यो सटल बसलाई अब स्तरोन्नती गरी विद्युतीय बस चलाउन थालिएको छ ।

विमानस्थल भित्र स्वःचालित प्रणालीबाट चेकइन गर्न सकिने मेसिनको जडान भई अहिले मलेसिएन एयरलाइन्सबाट कार्यान्वयनमा आएको र अन्य एयरलाइन्सलाई समेत आह्वान गरिएको विमानस्थल प्रशासनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?