१० असार, काठमाडौं । नेपाली मूलका किबान राई व्यावसायिक इंग्लिस फुटबल लिग खेल्ने भएका छन् ।
उनले इंग्ल्याण्डको चौथो डिभिजन क्लब न्युपोर्ट काउन्टीबाट व्यावसायिक फुटबल खेल्ने भएका हुन् । १८ वर्षीय किबान अट्याकिङ मिडफिल्डर हुन् ।
उनले आफू नेपालमा तथा विदेशमा रहेका नेपाली युवालाई एक उदाहरण बन्न चाहेको बताएका छन् ।
स्काई स्पोर्टस् न्युजसँग कुरा गर्दै उनले भने, ‘यो मेरो परिवार र मेरो वरपर रहेका मानिसहरुलाई मात्रै होइन । यो नेपाली मूलका सबैका लागि गर्वको विषय हुनेछ । उनीहरु पनि फुटबलर बन्न चाहेको खण्डमा म उनीहरुका लागि उदाहरण हुन सक्छु ।’
सन् २०२१ मा न्युपोर्ट काउन्टीबाटै जुनियर फुटबल खेलेका उनले थपे, ‘नेपाली मूलका मात्रै नभई वेल्सका पनि युवकहरुका लागि म उदाहरण हुन सक्छु । गाउँ अथवा पिछडिएको ठाउँबाट आए पनि तिम्रो सपना मेहनत गरेको खण्डमा पूरा हुन सक्छ ।’
प्रतिक्रिया 4