
१० असार, गुल्मी । गुल्मीमा खहरे खोलाले बताउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङमा खहरेले स्थानीय ४१ बर्षीय लिलबहादुर घर्ती र उनकी ८ बर्षकी छोरी बिन्दुलाई शनिबार राति बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।
लिलबहादुरको शव ८० मिटर तल भेटिएको छ भने छोरी बेपत्ता रहेको उनले बताए । बेपत्ताको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, वामी प्रहरी चौकी र पौदी अमराइ प्रहरीचौकीबाट प्रहरी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4