
१० असार, काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीको तौल लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मन्दिरमा पुगेको छ । आइतबार अपरान्ह पुगेको टोलीले जलहरीको तौल लिने अख्तियार स्रोतले जनाएको छ ।
दुई वर्षअघि पशुपतिमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ गा्रम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो ।
जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको दाबी गरिएको थियो ।
तर महालेखा परीक्षकको कार्यालयले जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको बताएको छ । जसमा ७ करोड ८६ लाख ४६ हजार रुपैैयाँ हिनामिना भएको महालेखाको आशंका महालेखा परीक्षकको कार्यालयले गरेको छ ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4