+
+

भक्तपुरले ल्यायो २ अर्ब २६ करोडको बजेट (पूर्ण पाठसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १७:२९

१० असार, काठमाडौं। भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ल्याएको छ।

नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले  बजेट प्रस्तुत गरेकी हुन्।

नगरपालिकाले बजेटको चालूतर्फ १ अर्ब ३७ करोड ९४ लाख र  पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रहेको छ। यस्तै वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख बजेट विनियोजन भएको छ।

भक्तपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीको तलबमा प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने घोषणा गरेको छ।

भक्तपुरले बजेटमार्फत साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र  कोसेली घर निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याएको छ।

यस्तै भक्तपुरको लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैयाँ छुट्याएको छ । भक्तपुरले बजेटमार्फत आकाशे पानी संकलन  गर्ने समेत घोषणा गरेको छ।

उपप्रमुख जोशीले खानेपानी व्यवस्थापन तथा आकाशे पानी संकलनको लागि  १ करोड छुट्याएको बताइन्।

खेलकुद अन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड  छुट्याएको छ।

नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको बजेटमा उल्लेख छ।

नगरपालिकाले  देको मिवा इटापाके आवास योजनाका लागि  १८ करोड रुपैयाँ छुट्याएको छ ।

भक्तपुरको बजेटले  यूवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था गरेको छ ।

हेर्नुहोस् भक्तपुर नगरपालिकाको बजेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?