+

काभा नेशन्स लिगमा जितविहीन नेपाल

२०८० असार  १० गते १८:०९ २०८० असार १० गते १८:०९
काभा नेशन्स लिगमा जितविहीन नेपाल

१० असार, काठमाडौं । काभा पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगितामा जितविहीन बनेको छ ।

आज आइतबार भएको खेलमा उज्वेकिस्तानसँग २५–२१, २५–२२ र २५–२३ को सेटमा पछि पर्दै नेपाल प्रतियोगितामा जित विहीन बनेको हो ।

पहिलो खेलमा नेपाल १८ जुनमा मंगोलियासँग ३–१ले पराजित भयो । दोस्रो खेल १९ जुनमा किर्गिस्तानसँग पनि ३–१ कै सेटले पछि पर्‍यो ।

२० जुनमा इरानसँग ३–० को सोझो सेट, २२ जुनमा चौथो खेलमा तुर्किमिनिस्तानसँग ३–१, पाँचौं खेल २३ जुनमा किर्गिस्तान (२) सँग ३–२ को सेटले पछि परेको हो ।

किर्गिस्तानमा आयोजना भएको यस प्रतियोगितामा सबै खेल हार्दै एक खेल पनि नजित्ने नेपाल एक मात्र टोली बन्यो ।

काभा नेशन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय