+
+

आठौं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मी विकास बैंकको प्रायोजन 

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको प्रायोजन गरेको छ ।

‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्‍याउन प्रतियोगितालाई सहयोग गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले ८–९ असारसम्म काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा प्रतियोगिता आयोजना गरेको थियो ।

नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?