
१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीमा सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको छ ।
मापदण्ड विपरीत क्लिनिक सञ्चालनमा भइरहेको पाइएपछि बन्द गराएको महानगरपालिकाको स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आज दिउँसो ४ बजे एफडीएच बन्द गराएको हो ।
एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको यस क्लिनिकले खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो । यो क्लिनिक डा.दिलजन मन्सुरले सञ्चालन गर्दै आइरहेका छन् । क्लिनिकमा उपचार गराउन आउने बिरामीसँग १० हजार रुपैयाँ शुल्क लिएर डा. मन्सुरले एक घण्टाको ‘लाइफस्टाइल मोडिफिकेन’ कक्षा दिने गर्थे । डा. मन्सुरले शुल्क बुझाएका बिरामीलाई एउटै कोठामा राखेर एक घण्टाको कक्षामा जीवनशैली र खानपान परिवर्तन गर्ने विधि सिकाउने गर्थे ।
ती रोगहरू निको बनाउने नाममा ‘लो कार्ब डाइट’ सञ्चालन गरिरहेको क्लिनिक मापदण्ड अनुसार सञ्चालन नभएको पाइएपछि सिल गरिएको महानगर नगर प्रहरी निरीक्षक ईश्वर वाग्लेले अनलाइनखबरलाई बताए ।
प्रतिक्रिया 4