+
+

बढ्यो सुन चाँदीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते ११:४८

११ असार, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ४ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ तोकिएको छ ।

आइतबार एक लाख १० हजार २ सय रुपैयाँमा छापावाल, एक लाख ९ हजार ६५० रुपैयाँमा तेजावी र १३ सय ५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?