+
+

बजेट नहुँदा सेनाले जिम्मा लिएको काम समयमा पूरा गर्न सकेको छैन : उपप्रधानमन्त्री खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १३:१५

११ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माण समयमै पूरा नहुनुमा बजेट मुख्य कारण रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेट अभाव भएका कारण सेनाले चाहदाचाहदै समयमा काम सम्पन्न नभएको दाबी गरे ।

उनले हुम्ला सदरमुकाममा सडक जोड्ने विषयमा सेनाले पाएको जिम्मेवारी आउँदो आर्थिक वर्षमा पूरा गर्ने पनि बताए ।

‘हाम्रो अर्थतन्त्रको सीमितताको कारण, बजेट अभावको कारणले सेनाले सम्पन्न गर्न चाहदाचाहदै पनि कतिपय सडकहरु सम्पन्न हुन नसकेका हुन् । जहाँसम्म हुम्लाको कुरा उठेको छ । हुम्लाको सन्दर्भमा सेनाले पाएको जिम्मेवारी अनुसारको आम आउने आर्थिक वर्षमा सम्पन्न गर्छ’ उपप्रधानमन्त्री खड्काले भने ।

सुरक्षाका कारण जलविद्युत आयोजनामा विगतदेखि नै सेना खटाउने गरेको उनले बताए । ‘निजी जलविद्युत आयोजनाहरुमा सरकारको निर्णय अनुसार सुरक्षाको आवश्यकतालाई ध्यानमा राखेर सेनालाई खटाउने प्रबन्ध विगतदेखि हुँदै आएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?