+
+

जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाऔं : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १३:२९

११ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी बारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा कांग्रेस नेता पौडेलले जलहरीमा भ्रष्टाचार भएको भन्ने आरोप गम्भीर विषय भएकाले छानबिनका लागि संसदले समिति आवश्यक रहेको बताए ।

पौडेलले अख्तियारको अनुसन्धान प्रक्रियामा समेत प्रश्न उठाएका छन् । ‘उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गर्न लागेको छ । महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयमा यति ढिलो छानविन किन गर्‍यो ?’ अख्तियारको काम कामकारबाही बारे प्रश्न गरे ।

जलहरी राख्ने तत्कालीन सरकारले गरेको निर्णय जस्तै भावी दिनमा अरु सरकारले निर्णय गर्न पाइउने कि नपाउने भनि यो प्रकरणले प्रश्न उठाएको पौडेलले बताए ।

धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचारको विषय जोडिँदा संसार सामू नेपाली शीर निहुरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?