+
+

विदेशी फिल्मको १५ दिनअघि सेन्सर गर्न आग्रह गर्दै मन्त्रालयलाई बोर्डको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १३:३४

काठमाडौं । नेपालमा विदेशी फिल्मको सेन्सर (जाँचपास) प्रदर्शनको १५ दिनअघि गर्ने व्यवस्था गर्न आग्रह गर्दै चलचित्र विकास बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ । बोर्ड अध्यक्ष भुवन केसीले असार ७ गते पठाएको पत्रमा राष्ट्र, राष्ट्रियता, संस्कृति लगायतका विषयको गाम्भीर्यतालाई मध्यनजर गरी उक्त व्यवस्था गर्न आग्रह गरेका हुन् ।

बोर्डका सदस्य सचिव टंक महतले पनि उक्त प्रेषित पत्रबारे अनलाइनखबरलाई बताए । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर नेपालमा विवाद चलिरहँदा बोर्डले मन्त्रालयलाई पत्राचार गरेको हो ।

सेन्सर बोर्डका अध्यक्ष तथा मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले पनि मन्त्रालयमा पत्र आइपुगेको बताए । यो पत्रबारे मन्त्रालय, बोर्ड र सरोकारवालासँग छलफल गरेर चाँडै टुंगोमा पुग्ने उनले बताए । ‘यस्तो कुरामा व्यापारको कुरा पनि जोडिएको हुन्छ । पाँच दिनसम्म ठीकै हो । तर १५ दिनको म्याद राख्नु कति उचित छ भन्ने बारे छलफल गरेर टुंगोमा पुग्छौं,’ उनले भने ।

अहिले प्रदर्शनको चार दिनअघि मात्र सेन्सर गर्नुपर्ने नियम छ । सेन्सरको यो नियमलाई लिएर वितरक र प्रदर्शक एकातिर छन् भने बोर्ड अर्कोतिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?