
११ असार, काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताएका छन्। सोमबार संसद भवनबाहिर सञ्चार कर्मीहसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘ यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ। यो सरकार यस कारणले ढल्दैन की, ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन संकटमा पर्छ। देश अस्थिरतातर्फ जान्छ। ‘
उनले आफू प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र आमाले दिएको अर्तिभन्दा बाहिर गएर काम नगर्ने स्पष्ट पारे।
उनले भने, ‘प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र मेरो आमाले दिएको जुन अर्ति हो त्यो भन्दा बाहिर जाँदिन।३६ हजार १ सय प्रतिनिधिले काठमाडौं सफा गर्ने हो भने ३ घण्टामा सकिन्छ, गरेर देखाउँ न। ‘
उनले वर्तमान सरकार ५ वर्षसम्म नै टिक्ने दाबी समेत गरे। उनले आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी गरे।
‘सहमति अनुसार फुलफेजमा यो सरकार चल्छ । अहिले चौतर्फी संकट छ, संकटको सुधार पनि भइरहेको छ। समस्या र समाधान दुवै छ भन्ने सरकारलाई थाहा छ।’ उनले भने ।
मन्त्री किराँतीले सरकार देशमा रहेका समस्याको समाधान गर्ने दिशामा अघि बढिरहेको बताए।
प्रतिक्रिया 4