
जसको आफ्नै आकार हुन्न, हुन्न कुनै रंग
जसरी नि फाइदा लिने यिनको खास ढंग
अदलबदल सारा कुरा जित्न स्वार्थी जंग
कम्युनिष्ट नेता तथा संस्कृतिकर्मी माइला लामाको शब्द र संगीत रहेको ‘अवसरवाद’ नामक गीतका हरफहरू हुन् यी । गायिका निर्मला घिसिङको स्वर रहेको गीतमा राजनीतिमा देखिएको अवसरवादको चिरफार गरिएको छ ।
लेखक तथा संगीतकार लामा १० वर्षको युद्धमा प्रत्यक्ष सहभागी थिए । पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा रहेका लामा लामो समय जेल सजाय बिताएर छुटेका हुन् ।
युद्धमा घाइते भएर सुन्ने क्षमता गुमाएका उनी घाइते पनि हुन् । गायिका घिसिङले शुक्रबार आफनो युट्युब च्यानलबाट सार्वजनिक गरेकी गीतमा अवसरवादलाई संघर्षद्वारा पराजित गर्न आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4