+
+

पोखरामा घुम्ती पसल र ठेलामा व्यापार गरे सामान जफत गरिने

निजी विद्यालय सञ्चालन अनुमतिको दस्तुर बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १९:००

११ असार, पोखरा। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि निषेधित क्षेत्रमा फलफूल, ठेलागाडा, तरकारी, घुम्ती पसल राखे सामान जफत गर्ने भएको छ।

१३ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले निषेधित क्षेत्रमा व्यापार गर्नेहरुको सामान जफत गर्ने प्रस्तावसहितको विधेयक प्रस्तुत गरेकी हुन्।

चालु आर्थिक वर्षको आर्थिक ऐनमा निषेधित क्षेत्रमा ठेलागाडा व्यापार गरे ५ हजार जरिवाना गर्ने उल्लेख थियो। तर सामान जफत गर्ने व्यवस्था थिएन।

नयाँ आर्थिक विधेयकअनुसार कार्टुन, डोको, मोटरसाइकल, साइकलमा व्यापार गरेको तेस्रो पटक पनि पक्राउ परे सामान जफत हुनेछ।

त्यस्तै, महानगरले भूमिगत तलालाई पार्किङ प्रयोजनविपरीत प्रयोग गर्दा लाग्ने जरिवाना दोब्बर बनाएको छ । चालु वर्षको आर्थिक ऐन अनुसार पार्किङ प्रयोजनविपरीत भूमिगत तला प्रयोग भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख थियो। यसपटक यो रकम बढाएर १० हजार रुपैयाँ बनाइएको छ।

निजी विद्यालय अनुमतिमा बढ्यो दस्तुर

महानगरले संस्थागत विद्यालयको पूर्वप्राथमिक तथा मन्टेश्वरी तहको कक्षा सञ्चालन अनुमति दस्तुर बढाउने भएको छ। चालु आर्थिक वर्षमा १० हजार रुपैयाँ लिँदै आएको महानगरले आगामी आर्थिक वर्षदेखि १२ हजार रुपैयाँ पुर्‍याएको हो ।

त्यस्तै, संस्थागत विद्यालयतर्फ नै आधारभूत तहको अध्यापन अनुमतिका लागि १५ हजार रुपैयाँ शुल्क तोकेको छ। यसअघि महानगरले १२ हजार रुपैयाँ लिँदै आएको थियो।

संस्थागत विद्यालयतर्फ नै ९ र १० कक्षा अनुमति दस्तुरमा पनि महानगरले शुल्क वृद्धि गरेको छ। यसअघि अनुमति शुल्क १५ हजार रुपैयाँ लिँदै आएको महानगरले आगामी आर्थिक वर्षदेखि २० हजार रुपैयाँ लिने नियम बनाएको हो।

त्यस्तै, कक्षा ११ र १२ सञ्चालन अनुमति दस्तुरमा महानगरले आगामी आर्थिक वर्षदेखि ३० हजार रुपैयाँ लिने भएको छ। यसअघि ती कक्षा सञ्चालन अनुमतिका लागि २५ हजार रुपैयाँ लिँदै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?