
काठमाडौँ । लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म मत मर्छु कि क्या हो युट्युवमा सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजुमा राखिएको थियो । धुर्मुस् सुन्तली युट्युवमा सोमबार सार्वजनिक गरिएको हो ।
फिल्ममा उनीहरु धुर्मुस् र सुन्तलीकै भूमिकामा देखिएका छन् । फिल्ममा धुर्मुस र सुन्तलीसँगै रबि गिरी, बुद्दी तामाङ, बिजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय छ ।
लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुबैले गरेका छन् । धुर्मुसले भनेका छन्, यसलाई हामीले वेव फिल्म भनेका छौं । ठूलो पर्दाको चलचित्र भने होइन ।’ उनका अनुसार आगामी दिनमा पनि दर्शकको रोजाई अनुरुपमा फिल्म निर्माण गर्नेछन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।
प्रतिक्रिया 4