+
+

गायक सपुतमाथि बोतल प्रहार गर्ने व्यक्तिलाई रोमानियाको अध्यागमनमा बुझाइयो

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते २१:३५
बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिँदै आयोजक ।

काठमाडौं । गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार गर्ने नेपाली व्यक्तिलाई कानूनी कार्वाहीका लागि रोमानियाको अध्यागमन कार्यालयमा बुझाइएको छ ।

आयोजक संस्थाका नरेश गिरीका अनुसार ती व्यक्तिलाई अहिले रोमानियाको अध्यागमनमा हिरासतमा राखिएको छ । नेपाली समयानुसार सोमबार राती भएको उक्त घटना लगत्तै आयोजकले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अध्यागमनलाई बुझाएका थिए ।

अध्यागमनले अब उनलाई अदालतमा पेश गर्ने जानकारी गिरीले दिए । ‘अब उनीबारे अदालतले निर्णय गर्नेछ’ गिरीले भने । ‘याद नेपाली म्युजिक फेस्टिभल भाग २’ नाम दिइएको उक्त कन्सर्टमा गायक सपुतले आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै थिए ।

मादक पदार्थ सेवन गरेको भनिएका ती व्यक्तिले क्यान बियरको बोतलले प्रहार गर्दा गायक सपुतको अनुहारमा चोट लागेको थियो । ती व्यक्तिको नाम भने खुलाइएको छैन । उक्त समारोहमा ४०० को संख्यामा नेपालीको सहभागिता रहेको जनाइएको छ । कन्सर्टमा सहभागि हुन नेपालबाट गायक सपुत र प्र्रीति आले रोमानिया पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?