+
+

शिव शिखर सहकारीका पूर्वअध्यक्ष शर्माले भारतमा पनि खोलेका थिए संस्था

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते ८:३८

१२ असार, काठमाडौं । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्माले भारतमा पनि संस्था खोलेको पाइएको छ ।

प्रहरी स्रोतका अनुसार उनले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको सीआईबीका एक अधिकृतले बताए ।

उनकी श्रीमती गितालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । केदारनाथलाई भने मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी सीआईबीले सोमबार नेपाल ल्याएको छ ।

भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि सीआईबीले भारतीय प्रहरीको समन्वयमा शर्माको खोजी तीव्र पारेको थियो ।

शर्मामाथि सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएको भनी निक्षेपकर्ताले जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो ।

शर्मा नेतृत्वको मोरङको तुलसी सहकारीबाट पनि भएको ठगीको मोरङ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?