+
+

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते ११:५३

१२ असार, काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।

२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले किर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा उनी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गुरूङसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको कसूरमा मुद्दा दायर गरेको थियो । लगत्तै गृह मन्त्रालयले ठगी र कीर्तेमा अनुसन्धान गर्न भन्दै सीआईबीमा पत्र पठाएको थियो । कीर्तेसम्बन्धी अनुसन्धानका क्रममा गुरूङ फेरि अनुसन्धानको दायरामा तानिएका हुन् ।

अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ पनि प्रतिवादी थिए । प्रतिवादीहरूमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात समेत थिए ।

सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भन्दै फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गर्दै सरकारी लिखत तथा कागजात कीर्ते भएको सीआईबीका अधिकृतहरु बताउँछन् ।

अधिकृतहरुका अनुसार ललितानिवासको २९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?