+

७ खानेकुरा, जसले गराउन सक्छ ग्यास्ट्रिक

२०८० असार  १२ गते १२:५९ २०८० असार १२ गते १२:५९
७ खानेकुरा, जसले गराउन सक्छ ग्यास्ट्रिक

पछिल्लो समय स्वास्थ्यलाई भन्दा स्वादलाई केन्द्रमा राखेर खानेकुरा खाँदा ग्यास्ट्रिकको समस्याबाट पीडित हुनेको संख्या बढिरहेको छ । प्रशोधित र प्याकेट बन्द खानेकुराले ग्यास्ट्रिकसम्बन्धी समस्या बढ्दै गएको हामी सुन्छौं । तर के साँच्चै खराब खानपानले ग्यास्ट्रिक हुन्छ त ?

कोक, फ्यान्टा, डिउजस्ता पेय पदार्थ

कोकाकोला, फ्यान्टा, डिउ,स्प्राइटजस्ता पेय पदार्थमा हुने ग्यास र एसिडले ग्यास्ट्रिकको समस्या निम्त्याउँछ ।

चिया, कफी

चिया, कफीमा हुने क्याफिनले भोक कम लाग्ने, डकार धेरै आउने र पेटमा दुखाइको महसुस हुने गर्छ ।

चुरोट, सुर्तीजन्य पदार्थ

चुरोट तथा सुर्तीजन्य पदार्थले पनि ग्यास्ट्रिकको समस्या निम्ताउँछ । चुरोट र सुर्तीमा हुने विभिन्न रसायनले ग्यास्ट्रिकको समस्या ल्याउँछ ।

रक्सी

रक्सी खायो भने एसिड बढी निस्किन्छ, जसले गर्दा ग्यास्ट्रिक गराउँछ । रक्सीको धेरै सेवनले ग्यास्ट्रिक मात्र होइन, कलेजोको समस्या पनि निम्तिन सक्छ ।

समोसाजस्ता तारेको र चिल्लो खानेकुरा

समोसा, आलु चिप्सजस्ता तेलमा तारेको वा धेरै चिल्लो खानेकुराले पनि ग्यास्ट्रिकको समस्या हुन्छ । साथै बारबिक्यु पोलेको खानेकुराले पनि ग्यास्ट्रिक गराउँछ ।

बासी खानेकुरा

कुनै खानेकुरालाई धेरै दिन फ्रिजमा राखेर तताएर खाइयो भने त्यसले पनि ग्यास्ट्रिकको समस्या हुन्छ । साथै होटेलमा धेरै दिनदेखि तयार बनाएर राखिएको खानेकुरा र प्याकेट बन्द खानेकुराले पनि ग्यास्ट्रिकको समस्या हुन्छ ।

बट्टामा खाँदेको अचार

बट्टामा खाँदेको अचारमा मसाला र तेल धेरै हालिएको हुन्छ । यसको अत्यधिक सेवनले पेट फुल्ने दुख्ने र आन्द्रामा घाउसमेत हुन सक्छ ।

यस्ता खानाले किन ग्यास्ट्रिक हुन्छ ?

धेरै चिल्लो, पिरो, मसालेदार खानेकुरा खाना नली हुँदै आमाशयमा जान्छ र सबैभन्दा पहिले पेट पोल्न थाल्छ र खाना पच्न नै गाह्रो हुन्छ । चुरोट, रक्सी, चिया, कफी, चुरोट र रक्सीको  धेरै सेवनले आन्द्रा तथा आमाशय बिस्तारै सुन्निएर ग्यास्ट्रिकको समस्या र पेटमा घाउ नै पनि हुन सक्छ ।

ग्यास्ट्रिकबाट बच्न कस्तो खाना ?

फाइबर पाचनतन्त्रका लागि एकदमै उपयोगी हुन्छ । त्यसैले सिमी, आल्मन्ड, ओखर, तिल, स्ट्रबेरीजस्ता फाइबरयुक्त खानेकुरा ग्यास्ट्रिकबाट बच्नका लागि लाभदायक हुन्छ ।

हरियो सागपात, सबै प्रकारका तरकारी, फलफूल, माछा, बोसोरहित मासु ग्यास्ट्रिकका बिरामीका लागि महत्त्वपूर्ण खाना हुन् । यी खानामा प्रशस्त मात्रामा पौष्टिक तत्त्व पाइने हुनाले पेट र आन्द्रामा भएको संक्रमणलाई समेत कम गर्छन् ।

(पेट तथा कलेजो रोग विशेषज्ञ प्रा. डा. विधाननिधि पौडेलसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

खानेकुरा ग्यास्ट्रिक स्वास्थ्य
डा. विधाननिधि पौडेल
लेखक
डा. विधाननिधि पौडेल
पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १४३६ एमबीबीएस, एमडी रसिया ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी (रसिया) साढे तीन दशकको अनुभव, हाल निजामती कर्मचारी अस्पताल काठमाडौंका कार्यकारी निर्देशक तथा वरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?