+
+

मदन भण्डारी कलेजमा निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १६:५७

१२ असार, काठमाडौं। मदन भण्डारी मेमोरियल कलेजले २२ औं वार्षिकोत्सबको अवसरमा मंगलबार निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ ।

कलेजले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ काठमाडौं र समाज डेन्टल हस्पिटलको सहकार्यमा आँखा, दन्त तथा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा दाँतका १३८ जना, आँखाका १७९ जना र मधुमेहका २१ जना बिरामीले सेवा लिएका कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक सुजित मैनालीले जानकारी दिए।

शिविरमा विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा सेवा लिन आएका थिए।

कलेजले आफ्नो वार्षिकोत्वसको अवसर पारेर मंगलबार रक्तदान कार्यक्रम समेत गरेको छ । विद्यार्थी र कर्मचारीबाट ३८ पिन्ट रगत संकलन भएको छ। कलेजले असार १४ गते बिहीबार वार्षिकोत्सव मनाउँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?