+
+

दबाब थेग्न नसकेर स-साना आयोजनामा पनि बजेट विनियोजन गरेका हौं : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १९:३७
फाइल तस्वीर

१२ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनाहरुमा पनि बजेट विनियोजन गर्नुपरेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आफू संघीय सरकारबाट स–साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभएपनि दबाब थेग्न नसकेर विनियोजन गरिएको बताएका हुन् ।

उनले सम्बन्धित मन्त्रालय र वडाध्यक्षको तहबाट पनि थोरै भएपनि बजेट पार्न दबाब आएको बताए । उनले आगामी दिनमा भने प्राथमिकताका क्षेत्र तोकेर बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘सानो सानो बजेट संघबाट भयो भन्नुभएको छ, हो । यसलाई मैले साना–साना नगरौँ नै भनेको । तर, छोटो समय । सम्बन्धित मन्त्रालयबाट आएको दबाब । वडाध्यक्ष समेत हाम्रो वडामा त अलिकति बजेट छ, राख्नुपर्‍यो भनेर आए । मैले पनि त्यसलाई थेग्नसक्ने अवस्था थिएन । कहाँ कहाँ प्राथमिकताको क्षेत्र छन् हेरेर गर्ने कुरा आगामी दिनमा मिलाउँदै जान्छौँ’ उनले भने ।

मन्त्री महतले परिणाममुखी बजेट ल्याएको दाबी गरे । उनले बजेटले राजस्वको दायरा बढाउने बताए । उनले बाह्य निर्भरतालाई कम गर्ने गरी बजेट आएको पनि बताए ।

‘हामी चाहान्छौं देशभित्रै आम्दानीका स्रोतहरु जुटाउन सकौं । त्यसका लागि समय लाग्छ । हामीले धेरै लोकप्रिय कुराहरु मात्रै गर्ने तर व्यवहारिक कुरामा गम्भीर नहुँदाखेरी आर्थिक वृद्धि, रोजगारी सिर्जनाका कुराहरु समस्यामा परेका छन् । त्यसकारण हामी अनुशासित हुने, व्यवहारिक प्रस्तावहरु लागु गर्नुपर्छ,’ उनले भने ।

प्रस्ताव लोकप्रिय होइन, परिणाम लोकप्रिय ल्याउने गरी बजेट प्रस्ताव गरेको भन्दै उनले यसबाट राजस्वको दायरा बढ्छ उनको विश्वास थियो ।

मन्त्री महतले चालु खर्च घटाउन सक्ने अवस्था नभएपनि धेरै बढ्न नदिने कुरामा सरकार सचेत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?