+

विश्वकप छनोटको प्ले अफमा नेपालले यूएईसँग खेल्ने

२०८० असार  १२ गते १९:५७ २०८० असार १२ गते १९:५७
विश्वकप छनोटको प्ले अफमा नेपालले यूएईसँग खेल्ने

१२ असार, काठमाडौं । विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल नेपालले सातौंदेखि १०औं स्थानसम्मको प्लेअफमा यूएईसँग खेल्ने भएको छ । यो खेल आउँदो आइतबार हुने छ ।

समूह चरणमा अमेरिकालाई हराए पनि नेपाल श्रीलंका, वेष्ट इण्डिज र नेदरल्याण्ड्ससँग पराजित भएकाले सुपर सिक्समा पुग्न असफल भएको थियो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा आयरल्याण्डसँग १३८ रनको फराकिलो अन्तरले पराजित हुँदै यूएईले नेपालसँगको भेट पक्का गरेको हो । विजेता आयरल्याण्डले भने अमेरिकासँग प्ले अफ खेल्ने छ ।

यी दुई वटा खेलका विजेताले सातौं स्थानका लागि तथा पराजित २ टिमका लागि नवौं स्थानका लागि फेरि अर्को खेल खेल्ने छन् ।

नेपाल रहेको समूहबाट जिम्बाव्वे, नेदरल्याण्ड्स र वेष्ट इण्डिज तथा समूह बीबाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।

नेपाल भर्सेस युएई विश्वकप क्रिकेट छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय