
१३ असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद रामप्रकाश चौधरीले महोत्तरीको बर्दिबासमा भएको सुन पसल चोरीको विषय संसदमा उठाएका छन् ।
बुधबार बिहान बसेको प्रतिनिधिसभाको बैठकमा उनले दुईवटा सुन पसलमा भएको चोरीको क्षतिपूर्ति दिनुपर्ने विषयमा संसदमा उठाएका हुन् ।
‘बर्दिबास बजारको दुईवटा सुन पसलको सटर काटी सुन त सुन त्यसको सेफसहित बोकेर लगेको हुनाले त्यो पीडित पसलेको क्षतिपूर्तीसहित सम्बन्धित चोरहरूलाई कारवाही गरियोस्,’ उनले भने ।
प्रहरी सेवामा काम गरेका चौधरी सर्लाही क्षेत्र नम्बर १ बाट विजयी सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4