+
+

प्रेमको चर्चाबीच आना र सुशान्तको सांगीतिक सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १२:५९

काठमाडौं । गायक सुशान्त केसी र अभिनेत्री आना शर्मा एक वर्षदेखि खुलेरै प्रेम सम्बन्धमा छन् । रिलेसनसिपसँगै उनीहरुको सांगीतिक सहकार्य पनि भइरहेको छ । गत शनिबार सुशान्त र आनाले सहकार्यमा नयाँ गीत ‘सारंगी’ युट्युबमा सार्वजनिक गरे, जसलाई चार दिनमा झण्डै ३० लाख पटक हेरिएको छ ।

बुधबारसम्म यो गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ । भिडियोमा पनि यी दुई रोमान्टिक शैलीमा फिचर्ड छन् । सुशान्तको लेखन र कम्पोज रहेको गीतको भिडियो कन्सेप्ट र स्टाइलिङ चाहिं आनाको हो । अघिल्ला गीतमा अभिनय मात्र गरेको यो जोडीले यसमा चाहिं सहकार्य नै गरेको छ । पछिल्लो समय यो जोडीको सम्बन्धमा दरार आएको हल्लालाई पनि यो सांगीतिक सहकार्यले खण्डन गरेको छ ।

पछिल्लो समय आना र सुशान्त दुवै फुर्सदमा छन् । ‘भ्वाइस किड्स’को सिजन २ मा कोच रहेका सुशान्त फुर्सद भएपछि यो गीतको निर्माणमा व्यस्त रहे भने अनमोल केसीसँगको फिल्म ‘जेरी अनटप’को छायांकन रोकिएपछि आना पनि फुर्सदमा छिन् । यो जोडीले फुर्सदलाई ‘सारंगी’ गीत ल्याउन व्यतीत गरेको देखिन्छ । तन्नेरी पुस्तामाझ रुचाइएका गायक सुशान्तको यो गीतले प्रेमिल मनोभाव दर्शाउँछ ।

सुशान्त गत वर्ष स्पटीफाइमा धेरै सुनिनेमध्येको शीर्षस्थानमा थिए भने आना चाहिं हिट फिल्मको पर्खाइमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?