+

बायर्नले केनलाई नयाँ प्रस्ताव गर्ने

२०८० असार  १३ गते १५:५० २०८० असार १३ गते १५:५०
बायर्नले केनलाई नयाँ प्रस्ताव गर्ने

१३ असार, काठमाडौं । बायर्न म्युनिखले टोटनहम तथा इंल्याण्डका फरवार्ड ह्यारी केनलाई थप सुविधासहितको नयाँ प्रस्ताव गर्ने भएको छ ।

२९ वर्षीय इंल्यान्डका कप्तान केनलाई बायर्नले ७० मिलियन पाउण्डसहितको प्रस्ताव राखेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको थियो, तर टोटनहमले भने त्यस्तो कुनै प्रस्ताव नआएको बताएको छ ।

बुन्डेस लिग च्याम्पियन बायर्नले नयाँ प्रस्ताव राख्ने तयारी गरिरहेको बीबीसीले जनाएको छ । नयाँ प्रस्तावमा बायर्नले मुल्य र सुविधाहरु थप्ने विश्वास छ ।

जर्मन पत्रिका बिल्डले केनले आफ्नो केही व्यक्तिगत शर्तहरु सहित बार्यनसँग सम्झौता गर्ने समाचार प्रकाशित गरेको छ । टोटनहमसँग केनको सम्झौता आउँदो गर्मीमा सकिँदै छ ।

त्यसअघि नै उनले रियल मड्रिडमा जाने इच्छा देखाएका थिए । त्यहिबेला म्यानचेस्टर युनाइटेडले पनि उनीमा रुचि देखाएको थियो ।

उनले टोटनहममा रहेर ४३५ खेलमा २८० गोल गरेका छन् । टोटनहमका हालसम्मकै सर्वाधिक गोलकर्ता उनी क्लबकै एकेडेमीका उत्पादन हुन् ।

टोटनहम बायर्न म्युनिख ह्यारी केन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय